
हर्क साम्पाङकै स्टाइलमा अघि बढे बालेन, जनताले दिए नसोचेको साथ !
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पूर्व धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकै स्टाइलमा अघि बढेका छन् । जनता सँगसँगै लिएर विकास, निर्माण र समाज सुधारका काम गर्दै आएका हर्क साम्पाङजस्तै बालेनले पनि त्यहै लाइन अंगीकार गरेका हुन् ।
कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका छन्। शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोली घर दैलो कार्यक्रममा निस्किएका हुन्।
महानगरपालिकाले साउन १ गते आइतबारदेखि कुहिने र नकुहिने फोहोर संकलन गर्न लागेको हो। त्यसको लागि महानगरले तालिका पनि सार्वजनिक गरेको छ। त्यसैको प्रचारप्रसार गर्न मेयर शाह घर दैलो कार्यक्रममा निस्किएका हुन्।
‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको फ्लेक्स बोकेर उनीहरू घर दैलोमा निस्किएका हुन्। शाहले स्थानीयलाई पर्चाहरू देखाएर कहिले कुन खालको फोहोर निकाल्ने भनेर सिकाएका पनि थि...