बुधबार , जेठ ४, २०७९

प्रचण्ड चलाख नेता हुन् अमेरिकालाई समेत झुक्न बाध्य बनाएर एमसीसी पास गरे: रामचन्द्र पौडेल

फागुण १८, २०७८ बुधबार 533

एमसीसीमा व्याख्यात्मक घोषणा प्रचण्डजीकै आईडिया हो, एमसीसीको काम अब फटाफट हुन्छ : रामचन्द्र पौडेल (भिडिओसहित)

१८ फागुन, काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सरकार सञ्चालनमा सहयोग पुर्याउनको लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले एमसीसी सम्झौता सदनबाट पारित भएसँगै फटाफट कार्यान्वयनमा जाने बताएका छन् ।

यसमा कुनै बाधा तथा अवरोध नहुने उनको भनाई छ ।एमसीसी कार्यान्वयनमा गएसँगै नेपालमै रोजगारीको अवस्था पनि सिर्जना हुने र नेपालले विजुली बेच्ने अवसर पनि प्राप्त गर्ने भन्दै उनले खुशी व्यक्त गरे । हिजो (सोमबार) प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै।

उनले भनेका छन् अब यो कार्यान्वयनमा गयो ।केही पनि अवरोध आउँदैन् । सुन्नुहोस, यो प्रसारण लाईनको लागि जग्गा व्यवस्था भैसकेको छ । यसमा धेरै काम अगाडि बढिसकेको छ । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको ।

कुराकानीको सम्पादित अंश :अब एमसीसी पास गराउनुभयो, तर यो नेपाल र नेपाली जनताको हितमा छ भनेर जस्टिफाई गर्न सक्नुहुन्छ ?एमसीसी नेपाल र नेपाली जनताकै हितको लागि अमेरिकी जनताले दिएको उपहार हो ।

र, नेपालको गरिब खासगरी तेस्रो विश्वका विकासिल मुलुकहरुको अवस्थामा त्यहाँ चाहीँ अलिकति गरिबी निवारण गर्ने खालको सहयोग दिएर त्इहाँको जनताको पेट शान्त गर्ने, भोको पेटले जे पनि अपराध गर्छ भन्ने संस्कृतमा एउटा भनाई छ ।

त्यसकारण पनि अब जनतालाई भोको पेट राख्ने होईन, गरिबीबाट मुक्त गर्ने हो । त्यसो भएपछि शान्ति हुन्छ, त्यसो भएपछि आतंकवादको जन्म हुँदैन भन्ने धारणाले विश्वमा गरिबी निवारणको अभियानस्वरुप यो शताब्दीको चूनौति भनेकै।

आतंकवाद हो, यसको जरो नै उखेल्नको लागि गरिबी हट्नुपर्छ भन्ने अमेरिकाको दृष्टिकोण हो । यो संयुक्त राष्टसंघको पनि दृष्टिकोण हो ।

प्रतिकृया दिनुहोस्