बुधबार , जेठ ४, २०७९

पलको तस्बिर अंकित टिशर्ट लगाएर हलमा पुजा, भनिन्- ‘पलबिना अधुरो छु’

फागुण १५, २०७८ आइतबार 141

अभिनेता ।

पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको बताइएको छ ।मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँले फागुन ११ मा उनको खोजतलासमा सहयोग गरिदिन ।

महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो । पललाई पक्राउ गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए ।अनुसन्धानमा संलग्न प्रहरी अधिकृ तहरूका अनुसार उनी काठमाडौंमा ।

लु’किछिपी हिँडिरहेका छन् ।पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् ।प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् ।

आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन् ।सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन् ।

‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दा’बीसमेत गरिन् ।पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए ।

प्रतिकृया दिनुहोस्