बुधबार , जेठ ४, २०७९

गल्ती महशुस गर्दै ओलीलाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव

फागुण १२, २०७८ बिहिबार 670

काठमाण्डौँ, १२ फागुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ।

दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन्।प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै प्रचण्ड संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न पुगेका थिए।

छलफलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्बाङ तथा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, देव गुरूङ र नारायणकाजी श्रेष्ठ थिए ।तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि  ।

तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ ।ओली र प्रचण्डबीच देखिएको व्यक्तित्वको टकरावले संसदमा बहुमत प्राप्त दल नेकपा फुटेको थियो ।

प्रतिकृया दिनुहोस्