बुधबार , जेठ ४, २०७९

“एमसीसी कुनै शक्तिले रोक्दैन १६ गतेभित्रै, पारित हुन्छ : पुष्पा भुसाल,

फागुण १०, २०७८ मंगलबार 421

“काठमाडौं ;-।

सत्तासीन नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल (गौतम) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा संशोधन प्रक्रिया लागू नहुने बताएकी छन्आइतबार सरकारले एमसीसी ।

सम्झौता संसदमा टेबल भएपछिको प्रक्रियाबारे रातोपाटीसँगको कुराकानीमा उनले यसमा संशोधनको आधार नै नभएको बताइन् । ‘एमसीसीमा संशोधनको प्रक्रिया लागू हुँदैन ।

संशोधन गर्न सक्ने आधारहरु छैन,’ कानुनकी जानकारसमेत रहेकी भुसालले भनिन्, ‘यो सम्झौतामा संशोधन गर्ने ठाउँ नभएकाले विषय वस्तुको उठान मात्र हुन्छ ।’“यस्तै उनले फागुन १६ गतेभित्रै एमसीसी पारित हुने दाबी पनि गरिन् ।

भुसाल भन्छिन्, ‘एमसीसीलाई पारित गराउने ढंगले गृहकार्य अगाडि बढेको छ, समय सीमाभित्र १५÷१६ गते एमसीसी पारित हुन्छ ।’ यसका लागि सत्ता गठबन्धन र प्रतिपक्षलाई मनाउने प्रयास भइरहेको भुसालको भनाइ छ ।

संसदमा टेबल भइसकेको एमसीसी अब कुन प्रक्रियाबाट अघि बढ्छ भन्नेबारे काँग्रेस संसदीय दलकी सचेतक भुसालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

प्रतिकृया दिनुहोस्