बिहानै हलेसी महादेवको फोटो छोएर दर्शन गर्नुहोस ! दिन शुभ रहने छ ॐॐ

News

नेपाल मन्दिरै मन्दिरको ।

देश भनेर चिनिएको देश हो । यहाँ धेरै मठ मन्दिरहरु पाईन्छ्न । र नेपालका केही प्रशिद्व मन्दिरहरु मध्ये हलेसी महादेव पनि एक हुन । हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो ।यो स्थान सगरमाथा अञ्चलको ।

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छाप डाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री ।

सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।‘हलेसी गुफा’को प्राकृतिक भू बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी ।

अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ ।

मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान ९शिला०ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव शिव बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन ।

गरेमा खडेरीबाट मुक्ति पाउने दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने पदोन्नति हुने निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी ।

भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ ।मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन् जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published.