नेपाली कांग्रेसका ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको बताउनुभएकाे छ ।
आज साेमवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सँगकाे भेटपछि उहाँले यस्ताे बताउनुभएकाे हाे । एमसीसीले विद्युत् र सडकमार्फत नेपालको गरिबी हटाउन मद्दत पुर्याउने नेता पाैडेलकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अमेरिकी सरकारले नेपालको गरिबी अन्त्यका लागि नेपालको विद्युतलाई बजारमा लगेर बेच्नका लागि एउटा प्रसारण लाइन बनाइदिने ।नेपालले आम्दानी गरोस्, नेपालको गरिबी हटाउन मद्दत गरोस् ।
त्यस्तै सडक बनाइदिने, यहाँको जनताले सुविधा पाउन् । त्यही हो मैले बुझेको सिम्पल कुरा हो ।’एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने उहाँले बताउनुभयो ।राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो ।
यसैबीच उपेन्द्र यादवसँगकाे भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी भएकाे नेता पाैडेलले बताउनुभयाे । एमसीसीको समस्या जटिल रूपमा आएको भन्दै उहाँले ।
भेटवार्ताका क्रममा एमसीसीका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस्