धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छ त्यसैले पैसा फेको तमसा देखों : अध्यक्ष प्रचण्ड

News

काठमाण्डाै ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताउनु भएको छ ।आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपा का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ।

अध्यक्ष प्रचण्डले चुनावबाट पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताउनुभएको हाे ।प्रचण्डले भन्नुभयो, ‘२०६४   सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जिति हाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन ।

अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ ।गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने ।

भनेपछि प्रदेश र सङ्घको चुनावमा त अर्बतिर जाने भयो ।अध्यक्ष प्रचण्डले अहिले सांसद हुन करोडौँ खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताउनु भयो ।उहाँले भ्रष्टाचार संस्थागत हुने कारण चुनाव प्रणाली र शासन प्रणालीभित्र अन्तर निहीत रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.