नेता भ्रष्ट होइन्, भोटै नदिने जनता भ्रष्ट हुन् ! बर्षमान पुन

News

माओवादी केन्द्रका ।

नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे । पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै ।

आमा समूहले पैसा माग्छ । अर्को समूहले पैसा माग्छ । हामीसँग यति भोट छ भनेर बार्गेनिङ गर्छ । त्यसकारण हामी नेता होइन्, जनता मतदाता पो भ्रष्ट भएछन् त । पैसा मागेपछि ऋण धन गरेर दिनैपर्यो ।

चुनाव महंगो भएको स्वीकार गर्दै उनले त्यसरी चुनावमा बाँडेको पैसा उठाउन र चन्दा मागेको मान्छेको काम गरिदिनु नेताको बाध्यता हुने बताए । नेता पुनले यस पटकखर्च कहाँबाट ल्याउने भनेर नेता सबै आत्तिएको बताउँदै यस्तो बेलामा उद्योगी व्यवसायी पुँजीपतिसँग पैसा माग्ने र पछि उनीहरुको काम गरिदिने, कि पहिला सत्तामा हुँदा ।

जम्मा गरेको पैसा खर्च गर्ने कि आफूले घरखेत बेचेर भए पनि पैसा निकाल्नु बाध्यता रहेको बताए । यो हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने पुनको तर्क छ ।माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई ।

जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै । आमा समूहले पैसा माग्छ । अर्को समूहले पैसा माग्छ ।

हामीसँग यति भोट छ भनेर बार्गेनिङ गर्छ । त्यसकारण हामी नेता होइन्, जनता मतदाता पो भ्रष्ट भएछन् त । पैसा मागेपछि ऋण धन गरेर दिनैपर्यो ।चुनाव महंगो भएको स्वीकार गर्दै उनले त्यसरी चुनावमा बाँडेको पैसा उठाउन र चन्दा मागेको मान्छेको काम गरिदिनु नेताको बाध्यता हुने बताए ।

नेता पुनले यस पटकखर्च कहाँबाट ल्याउने भनेर नेता सबै आत्ति एको बताउँदै यस्तो बेलामा उद्योगी व्यवसायी पुँजीपतिसँग पैसा माग्ने र पछि उनीहरुको काम गरिदिने, कि पहिला सत्तामा हुँदाजम्मा गरेको पैसा खर्च गर्ने कि आफूले घरखेत बेचेर भए पनि पैसा निकाल्नु बाध्यता रहेको बताए ।

यो हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने पुनको तर्क छ ।नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता वर्षमान पुनले गठबन्धनलाई आगामी पाँच वर्षसम्म लैजाने हिसाबले काम भइरहेको बताएका छन् ।

हामीले २०७४ को आम निर्वाचन, समानुपातिक मत, स्थानीय तहको निर्वाचन र दलहरुको संवेदनशीलतालाई ख्यालमा राखेर तालमेलको आधार तय गरेका छौं ।हामीले सिट बाँडफाँटमा त्यति धेरै समस्या देखेका छैनौं,” ।

प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता पुनले भने, “कतिपय पत्रकार साथीहरु आफ्नै सिट गुम्न लागेकोजस्तो चर्का प्रश्न गरिरहनुभएको छ ।

तर कार्यदलका सदस्यहरु कुल भएर गठबन्धनलाई पाँच वर्षसम्म अगाडि बढाउने हिसाबले सौहार्द वातावरणमा काम गरिरहेका छौं । हामी लोकतन्त्र बचाउने, संघीयता सुदृढ गर्ने, सुशासन कायम गर्ने जिम्मेवारी पनि गठबन्धनकै हो ।”

नेता पुनले कार्यदलमा अहिलेसम्म कुनै पनि दलले सिटको दाबी नगरेको पनि बताए । उनले थपे, “कार्यदलमा हामीले सिट दाबी गरेका छैनौं । कांग्रेसले पनि कार्यदलमा पोजिसन बताएको छैन । बाहिर को नेताले के भन्यो भन्ने कुरामा जानु ।

 

आवश्यक छैन ।अहिले गठबन्धनमा प्रत्यक्ष निर्वाचित सांसदको ८८ सिट छ । अन्य दलले जितेका बाँकी ७७ सिटमा स्वाभाविक रुपमा कांग्रेसले बढी पाउँछ । सिट दिनु र लिनुमात्र ठूलो कुरा होइन । जित्नु पनि पर्छ ।”माओवादी केन्द्र त हिजो आफ्नै टाउकाको मोल तोक्ने शेरबहादुर देउवासँग घाँटी जोड्न पुग्यो,  ।

कांग्रेसको पुच्छर बन्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पुनले भने, “हिजो के भयो भन्ने भन्दा पनि सरकार र विद्रोही दुवै पक्ष आत्मसमीक्षा गरेर शान्ति सम्झौतामा आएको होइन र ? माओवादी केन्द्रलाई कांग्रेसको पुच्छर भन्ने हो भने कांग्रेसलाई माओवादी केन्द्रको पुच्छर ।

भन्ने कि नभन्ने कांग्रेसको पुच्छर बनेको मओवादीको पुच्छर भनन मिल्दैन ? एमाले माओवादी केन्द्रको एजेन्डा पछ्याउँदै पुच्छर बनेको हो कि होइन ?।

देउवा, प्रचण्ड र माधव नेपालको नेतृत्वमा देश बनाउन सकिने दाबी पनि पुनले गरे । उनले भने, “दलको विकल्प दल हो । नेताको विकल्प नेता हो । नेताहरु असफल भए भन्दै मुलुकलाई पछाडि फर्काउने षड्यन्त्र भएको छ ।

Leave a Reply

Your email address will not be published.