काठमाडौं ।
मीठो आवाजकी धनी समीक्षा अधिकारी अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जनको विषय ठान्छन् ।समीक्षाको स्वरका लाखौं प्रशंसक छन् ।
सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकारलाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धोका खानुपर्छ, जस्तो समीक्षालाई भइरहेको छ ।
नेपाली चलचित्रका ‘प्ले व्वाई’ का रूपमा परिचित पल शाहसँग एक वर्षअघिदेखि समीक्षाको रिलेसनसीप सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको सम्वन्धमा तीव्र उतारचढाव आइरहेको छ । केही समय प्रेमपछि पलले समीक्षालाई पन्छाउन खोजे ।
समीक्षाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फकाए । समीक्षा ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे । समीक्षा फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए । यस्तै सिलसिला चलिरहेको छ ।
https://youtu.be/P_Iamqxz7q8
प्रतिकृया दिनुहोस्