बुधबार , जेठ ४, २०७९

छोरालाई राजदूत बनाउने सर्तमा एमसीसी टेबलभएको खुल्लासा

फागुण ८, २०७८ आइतबार 103

काठमाडौं ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुनुहुन्छ । अग्निप्रसादले छोरा रुपकलाई ।

चीनको राजदूत बनाउन प्रयास गर्दै आउनुभएको छमन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ । कांग्रेसले भारतका लागि ।

डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो । जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत ।

पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसक्नुभएको छ तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।

प्रतिकृया दिनुहोस्