बुधबार , जेठ ४, २०७९

भिम रावलले दिए राजिनामा, MCC राेक्न माओवादीलाई सहयाेग गर्ने निर्णय

फागुण ८, २०७८ आइतबार 608

काठमाडौ ।

नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई ।

विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय ।

संसद् भवनमा पुगेका छन् ।रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।किन दिए रावलले राजीनामा ? यस्तो छ कारण एमाले नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ।

भीम रावलले राजनीतिक दलका शीर्षनेतामा स्वेच्छाचारिता बढेको भन्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन् ।उनले आइतबार संसद भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

त्यसक्रममा उनले आफ्नो राजनीमा पत्र पढेर सुनाएका थिए ।पत्र पढ्दै उनले राजनीतिक दलका शीर्ष नेताहरुमा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका छन् ।

रावलको राजीनामाको व्यहोरा यस्तो छ-सम्माननीय सभामुख ज्यु,प्रतिनिधि सभा सिंहदरवार काठमाडौं ।विषय राजीनामा महोदय ,झण्डै आधा शताव्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह-अवरोह ।

तथा घात-प्रतिघात व्यहोरेको छु ।र,तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता,स्वतन्त्रताका लागि गरेको थिएँ  ।

प्रतिकृया दिनुहोस्