रामेछापमा पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

News

रामेछापमा ।

 

पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ  रामेछाप जिल्लामै पहिलो पटक दोरम्बा शैलुङ गाउँपालिकामा महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङले जिम्मेवारी सम्हाल्नुभएको छ ।

स्थानिय सरकार सन्चालनमा आएपछि जिल्लाका सबै स्थानिय तहहरुमा धेरै पुरुष प्रमुख प्रशासकिय अधिकृतहरु आएको भएपनि महिला प्रमुख प्रशासकिय अधिकृतमा पहिलो पटक तामाङले जिम्मेवारी सम्हाल्नुभएको हो ।

यहि साउन ११ गतेबाट दोरम्बा शैलुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका तामाङले निती,वधि र पद्धतिमा रहेर काम गर्ने बताउनुभयो ।

विकासे आयोजनाहरु असार अन्तिममा मात्रै सम्पन्न गर्ने परिपा टीलाई अन्त्य गर्दै समयमै कामहरु सम्पन्न गर्ने,कर्मचारीको अभाव भएपनि भएका कर्मचारीबाट छिटो छरितो ढंगले सेवा प्रवाहको व्यवस्था मिलाउने ।

लगायतका काम दोरम्बा शैलुङ गाउँपालिकामा हुने उहाँले बताउनु भयो ।काभ्रेको नवबुद्ध नगरपालिका वडा नं ११ मा घर हुनुभएकी प्रमुख प्रशासकिय ।

अधिकृत तामाङले यस अघि नुवाकोटको पन्चकन्या गाउँपालिका र काभ्रको धुलिखेल नगरपालिकामा पनि काम गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.