बुधबार , जेठ ४, २०७९

राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही

फागुण ६, २०७८ शुक्रबार 201

६ फागुन, काठमाडौं ।

ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली ।

अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे ।एकता घोषणा नहुँदै शाही एमसीसीविरु’द्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जु’लु’स’मा सहभागी भएका थिए ।

मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा. धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।

प्रतिकृया दिनुहोस्