१५ महिने छोरीलाई यी निर्दयी बाबुले घनाजंलमा लगेर एक्लै छाडिदिए, रुँदारुँदै गयो ज्यान

News

आफ्नै बुबाका ।

कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बाग लुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिका लाई शनिबार अपरान्हतिर जङ्गलमा लगेर छाडिदिएका थिए ।

चौबिस घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकै प्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालि का–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।

उद्धारपछि अस्पताल ल्याउँदा नल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए । अनामिकाको आइत बार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो ।त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । “बाटोमा ल्याइन्जेल ।

पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो”, गौतमले भने, “अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।”

Leave a Reply

Your email address will not be published.