फोहोर व्यवस्थापनमा जापानको सहयोग मागेको छु :  प्रचण्ड

News

काठमाडौंः ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमण उपलब्धिमुलक रहेको बताएका छन् । पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्रा ष्ट्रिय विमानस्थलमा आयोजित ।

पत्रकार सम्मेलनमा भ्रमणबाट जापानमा भएका नेपालीहरु धेरै नै खुसी भएको बताएका हुन् ।अध्यक्ष प्रचण्डले काठमाडौं उपत्य कामा फोहोर व्यवस्थापनमा सकस भइरहेका बेला जापान पुगेर फोहो व्यवस्थापनकै लागि सहयोग मागेको बताएका छन्।

प्रचण्डले भने, ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौं । प्रचण्डले भने,‘फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान । कतै फोहोर नदेखिने बनाएका रहेछन्।

फोहोर व्यवस्थापनमा तत्काल सहयोग चाहियो भनेर हामीले माग गर्‍यौं ।आसन्न संघ र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षणका लागि जापानबाट संसदीय टिम आउने अपेक्षा गरिएको उनको भनाइ छ। नले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए ।

प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए । उनी नेपाली जनप्रगतिशील मञ्‍च जापानको आयोजनामा टोकियोमा भएको नेपाली ।

समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।  अन्नपूर्ण पोष्ट बाट साभार

Leave a Reply

Your email address will not be published.