काठमाडौं।
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको सुनाएका हुन् ।
तत्कालिन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले संसद्बाट पारित गर्न भनेर पछि मात्र हस्ताक्षर गरेको उनले जिकिर गरे ।उनले भने,‘नेपालमा एमसीसीको जग अरु कसैले नभई ।
कांग्रेस र माओवादीले बसाएका हुन् ।’‘नेपालमा पहिलोपटक एमसीसी भित्राउने प्रचण्ड नै हुन् । तर, तिनै प्रचण्डले कहिले एमसीसीको विरोध गर्छन् कहिले समर्थन गर्छन्’ कार्यक्रममा बोल्दै उनले भने,‘त्यस्तै एमालेले ।
पनि हिजो सरकारमा हुँदा संसद्बाट पारित गर्न खोजेको थियो, आज विरोध गरिराखेको छ, यो नेताहरुको रङ भनेको छेपाराको रङ जस्तो हुने रैछ, हामी बुझ्नै सक्दैनौं ।’
प्रतिकृया दिनुहोस्