काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधान मन्त्री झलनाथ खनालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनभित्र सम्मानजनक तालमेल हुने स्पष्ट पारेका छन् ।पत्रकार सँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अघि थपे,‘त्यो पार्टीको नेतृत्वले पार्टीका कार्यकर्ताहरुको जीवनमाथि गरेको खेलबाड हो त्यो, एकदमै दुःखदायी हुनेछ ।’ उनले आफूहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन खोजेको सुनाए ।
नेता खनालले गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाच नमा कांग्रेसले धोका दिएको उल्लेख गर्दै अब धोका नदिने विश्वास दिलाए । चुनावपछि आफू प्रधानमन्त्री हुनुपर्छ भनेर नेकपा (माओ वादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भनेको हो।
त्यो उनको व्यक्तिगत आकांक्षा भएको खनालको टिप्पणी छ ।उनले भने,‘त्यस्तो आकांक्षा राख्न पाईन्छ । उहाँले पनि आफ्नो आकांक्षा राख्नुभयो । तर, त्यो खालको वातावरण बन्छ कि बन्दैनन त ? त्यो बनाउने कुरामा क्रियाशिल भएर उहाँको आफ्नै पार्टी लाग्छ ।
र अरु घटकहरुसँग यो कत्तिको अण्डरस्ट्याण्डिङ बन्छ ? भन्ने कुरामा त्यो निर्भर गर्छ नि । मेरो शुभकामना छ उहाँलाई । यो पनि हेर्नुहोस, निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्रमा एआईजी नेतृत्वको सेल नेपाल प्रहरी ।
र सशस्त्र प्रहरी बलले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी थालेको छ ।त्यसका लागि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल बनाएको छ ।
थापाको नेतृत्वमा रहेको सेलमा मानवस्रोत तथा प्रशासन, सञ्चार, कम्युटरलगायत अधिकृतहरु पनि सदस्य छन् । सेलले निर्वाचनका लागि आवश्यक पूर्वतयारी गर्ने केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।
उनका अनुसार सेल नै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा योजना बनाउनेछ । त्यसलाई गृह मन्त्रालयमा पेश गरिनेछ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । सशस्त्र प्रहरी बलमा पनि।
महानिरीक्षक (आईजीपी) राजु अर्यालले कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्र काश गौतमको नेतृत्वमा ।
केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काका अनुसार सेलले निर्वाचनका लागि जनशक्ति बाँडफाट, निर्वाचन सुरुक्षा तयारी, निर्वाचित लक्षित शान्ति सुरक्षा व्यवस्थापन लगायतका काम गर्नेछ ।