बुधबार , जेठ ४, २०७९

चुनाव हारिएला भनेर एमसीसी पास नगर्ने कुरै हुँदैन :गगन थापा

फागुण ५, २०७८ बिहिबार 182

नेपाली काग्रेसका ।

महामन्त्री गगन थापाले नेपाली काग्रेसले एमसीसीलाई चुनाव सँग दाँजेर नहर्ने बताएका छन् । लामो समय सम्म पनि एमसीसीका बिषयमा मौन बसेका काग्रेस महामन्त्री थापा पछिल्लो समय एमसीसी पास गराइहाल्न निकै ।

जोडतोडले लागेका छन् । थापाले एमसीसी पास गर्ने कुरामा काग्रेसमा एक मत रहेको भन्दै पक्षमा मतदान गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।नेपाली काग्रेसले चुनाव हारिएलाकी जितिएला भनेर सत्ता र प्रतिपक्षमा हुँदा एमसीसीको बारेमा फरक फरक कुरा नगर्ने पनि थापाले प्रष्ट पारेका छन् ।

काग्रेसले प्रतिपक्षमा हुँदा पनि एमसीसी पास गर्नु पर्छ भनेको र अहिले सत्तामा हुँदा पनि त्यसै भनिरहेको थापाले बताएका छन् ।थापाले निर्वाचनमा हानी हुन्छ भनेर कांग्रेसले एमसीसीका बारेमा फरक कुरा नगर्ने बताएका छन्। मंगलबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै ।

महामन्त्री थापाले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा आफूहरुले नगर्ने बताए।उनले एमसीसीका कारण चुनावमा हानी पुग्ने केही सांसदहरुले बताएको भए पनि आफ्नो कर्तव्यबाट कांग्रेस च्यूत नहुने बताए। सरकारमा बस्दै गर्दा ।

एउटा, प्रतिपक्षमा बस्दै गर्दा अर्को पोजिसन हामीले पनि लिने हो भने हामी अरु राजनीतिक दलभन्दा फरक हुँदैनौुं थापाले भने, ुकेही साथीहरुले निर्वाचनमा लाभ हानीको कुरा गर्नुभयो निर्वाचनमा हानी होला भनेर हामी आफ्नो कर्तव्यबाट च्यूत हुनु हुँदैन

प्रतिकृया दिनुहोस्