कबिलास सामुदायिक बोर्डिङको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
साउन १७ गते देवघाट गाउँपालिमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका ११ वर्षीय रिभेज तामाङको आज उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
भरतपुरको स्मल हेभेन मोडल स्कुलमा कक्षा ५ मा अध्ययनरत उनको मेडिकल कलेजको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।वघाट गाउँपालिका–५ पिपलटारका स्थायी बासिन्दा आमा रिना तमाङ र बुवा सोमन तामाङका ।
एकमात्र छोरा ११ वर्षीय रिभेज तामाङको निधनमा स्मल हेभेन मोडेल स्कुलले श्रद्धाञ्जली व्यक्त गर्दै भोलि शोकमा विद्यालयको सबै पठनपाठन बन्द गरेको स्कुलका प्रिन्सिपल बिमल क्षेत्रीले नारायणी अनलाइनलाई जानकारी दिए।