बुधबार , जेठ ४, २०७९

OMG एमसिसी छलफल हुदाहुदै सर्वदलीय बैठक संसद् भित्रै कुटाकुट भयो देउवा प्रचण्ड को जायजात : (हेर्नुहोस भिडीयो)

फागुण ५, २०७८ बिहिबार 720

यथास्थितिमै एमसीसी टेबल भए सरकारमा बस्दैनौँ ।

प्रचण्ड गठबन्धन टुट्दैन भन्न सक्दिनँ, जरुरी परे बालकोट जान सक्छु’।

आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ ।

संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका थिए भने प्रचण्ड र नेपालले यथास्थितिमा टेबल नगर्न ।

प्रधानमन्त्रीलाई भनेका थिए । बालुवाटार बैठकमा सहभागी हुनुअघि रातोपाटीसँग विशेष कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ ।

तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ ।’सरकारले परिमार्जनविनै टेबल गर्ने अवस्थामा माओवादी पार्टीलाई सरकारमा बस्न नैतिकताले नदिने स्पष्ट पार्दै प्रचण्डले भने, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीलेचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिकरुपले मिल्दैन ।

एमसीसीका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिकाको पनि प्रचण्डले कडा शब्दमा आलोचना गरे । एमसीसीको समस्या योरुपमा गिजोलिनुमा एमाले नेतृत्व जिम्मेवार रहेको प्रचण्डले आरोप लगाए । आपसी सम्वादका क्रममा केपी ओलीको विचार बुझ्दा एमालेले एमसीसीको पक्षमा मतदान नगर्ने आफूलाई लागेको प्रचण्डले सुनाए ।

प्रचण्डले आफू वर्तमान सत्ता गठबन्धनलाई जोगाएरै अघि बढ्ने प्रयासमा रहेको बताए । तर, एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने उनले स्पष्ट पारे । प्रचण्डले भने, मैले इमान्दारितासाथ के भन्नुपर्छ भने विभिन्न शक्तिहरू, राजनी तिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेको स्थिति छ ।

ग्यारेन्टीका साथ गठबन्धन टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ । आगामी चुनावमा एमाले माओवादी मिल्ने सम्भावना छ कि छैन भन्ने अर्को प्रश्नमा प्रचण्डले भने, ‘म केपी ओलीजस्तो ढोकाबन्दवादी होइन ! मैले केपी ओलीजस्तो सोच्दिनँ  कमरेडै होइन भनेर उहाँले भन्दिनुभो ।

कमरेडै होइनन् भनेपछि उहाँले सप्पै ढोका बन्द गरेजस्तो देख्छु एमसीसीका नाममा दबाव दिएर नेपालीहरूको मन नदुखाउन प्रचण्डले अमेरिकी अधिकारीहरूलाई सुझावसमेत दिएका छन् । प्रचण्डले भने, ‘अमेरिकी अधिकारीहरूले भन्न ।

थालिसक्नुभयो कि तपाईंहरूले यदि यसलाई गर्नुभएन भने चीनको प्रभावमा परेर नगरेको ठान्छौँ र हामी यसलाई गम्भीर रुपले लिन्छौँ भनिदिएपछि त हामी नेपाली पनि गम्भीर हुनुपर्ने स्थिति त बन्यो नि त ।’

प्रतिकृया दिनुहोस्