भारतको सिक्किममा राष्ट्रिय भाषा नै नेपाली भाषा बनाउने घोषणा

News

भारतको सिक्किममा ।

राष्ट्रिय भाषा नै नेपाली भाषा बनाउने घोषणाभारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदाय को राजनीतिक अस्तित्व प्रमाणित गर्ने बताएका छन् ।

उनले भनेका छन्,‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रारम्भिक सिडी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला।

उनले अगाडि भने,‘मातृभाषा विश्वका सबै समाजको जीवन हो । राष्ट्रियताको महत्व राष्ट्रभन्दा पनि ठूलो छ । यसले मानिसको राजनैतिक अस्तित्व प्रमाणित गर्दछ अनि मातृभाषाले टेवा पुर्याएको समाजले राष्ट्रियतालाई गौरवशाली बनाएको हुन्छ ।

उनले मातृभाषालाई मुटु भन्दै अगाडि भन्छन्,‘मातृभाषा मानव जीवन को मुटुको स्पन्दन हो । भाषाले राष्ट्रको मौलिक विशेषतालाई कलात्मक ढंगले प्रस्तुत गरिरहेको हुन्छ ।

नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको भारतको राष्ट्रिय मान्यता प्राप्त भाषा हो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published.