बुधबार , जेठ ४, २०७९

बानेश्वरमा तनाव, बल्ल बल्ल जोगियो गगन थापा ज्यान

फागुण ४, २०७८ बुधबार 185

काठमाडौँ ।

एमसीसीको विरोध गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ प्रहरीको हस्तक्षपका कारण बानेश्वर क्षेत्र त`नावग्रस्त बनेको छ । एमसीसी टेबल गर्न तयारी भएपछि विप्लवसहितका ६ दल ,माओवादी केन्द्रको भ्रातृ संगठन ।

लगायतले प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले निषेधित क्षेत्र तो`ड्न खोजेपछि झ`डपको अवस्था आएको हो ।माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी वि`रोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ ।

तर उनीहरुले निषेधित क्षेत्र तो`डेर संसद भवनतर्फ आउन खोजे पछि प्रहरीसँग झ`डप भएको छ ।प्रहरीले प्रदर्शनकारीलाई तितर बितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झ`डपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई घेरा हालेका छन् । अमेरिकाका द`लाल भन्दै प्रदर्शनकारीले घेरेपछि प्रहरीका डिएसपीले बालबाल बचाएका छन् । एमसीसी अनुदान भएकाले पास गर्न ।

पर्ने बताएपछि गगन थापाको चर्को वि,रोध भएको थियो ।थापा संसद बैठक सकिएपछि घर फर्किने क्रममा प्रदर्शनकारीले घेरा हालेका हुन् ।

प्रतिकृया दिनुहोस्