बुधबार , जेठ ४, २०७९

एमसीसी पास गर्न दिनुहोस खाडी जानु पर्दैन, नेपालमै रोजगारी मिलाउँछु: शेरवहादुर देउवा

फागुण ४, २०७८ बुधबार 4002

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न आग्रह गर्दै यसबारे प्रश्नसमेत गरेका हुन् ।

एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भने को हुनाले ।म अरु कुरालाई आएको थिएँ यहाँ एमसीसी राष्ट्र घाती भन्दियो प्रधानमन्त्री देउवाले भने । आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बाध्यता भएको सुनाए ।

राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दाकहि राष्ट्रघात देखेको छैन प्रधानमन्त्री देउवाको भनाइ छ । उनले आफू पनि नेपालको ।

प्रधानमन्त्री भएको भन्दै प्रश्न गरे म राष्ट्रको खिलाफमा जाउँला रु म पनि राष्ट्रका लागि लडेको मान्छे ।त्यसकारण तपाईंहरु पढ्नुस् अध्ययन गर्नुस् । एमसीसी सित्तैमा आएको पैसा प्रधानमन्त्री देउवाले एमसीसीको रकम सित्तैमा आएको समेत बताए ।

प्रतिकृया दिनुहोस्