Friday, June 9
Shadow

सार्है दुःखद खबर!!अरिङ्गाल झार्न गएको बेला अरिङ्गालले टोकेर सुवर्णको मृत्यु ! बालबच्चाको बिचल्लि

रुकुम पश्चिम  ।

रुकुम पश्चिममा अरिङ्गालले टोकेर एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनार रहेका छन् । सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत थिए ।

साथीहरूसँग सल्यानको बाँफुखोलामा अरिङ्गाल झार्न गएको बेला उहाँलाई ५० वटाभन्दा धेरै अरिङ्गालले टोकेका थिए । तीन दिन अगाडि अरिङ्गालले टोको सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको हो ।

अरिङ्गालले चिलेपछि तीन दिनसम्म झुल्नेटामा रहेको स्वास्थ्य संस्थामा उपचार गर्दा ठिक नभएपछि नेपालगञ्ज लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो ।

यो पनि पढ्नुहोस् ।

मोटरसाइकलबाट खसेर झापामा एक महिलाको मृत्यु।

काठमाडौं, २२ साउन ।

आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडक खण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ।

ज्यान गुमाएकी हुन् । छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुमन ले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन् ।

उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सुमन पनि अचेत रहेको र उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।