बुधबार , जेठ ४, २०७९

अस्लिन् भिडियो सार्वजनिक भएपछि मन्त्री आले राजीनामा दिने तयारीमा !

फागुण ३, २०७८ मंगलबार 1031

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि ।

उनको सर्वत्रराजिनामाको माग उठेको छ ।एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने ।

उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौं उहाँ हरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलो चना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने।

प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् ।यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ । यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शव्द हटाइएको छ ।

प्रतिकृया दिनुहोस्