बिहिबार , जेठ ५, २०७९

५० लाख माग्दा आलेले वास्ता नगरेपछि सार्वजनिक गरियो अडियो

फागुण ३, २०७८ मंगलबार 564

सामाजिक सञ्जालमा ।

हिजो रातिदेखि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका जगत ओली नामका एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको अडियो भाइरल बनेको छ ।अडियोमा आफूलाई ।

सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर आलेले गालिगलौजमा गरेका छन् । अडियोमा सुनिएअनुसार उनले ती नेपालीलाई अपहरण गर्ने सम्मको धम्की दिएका छन् ।तर करीब एक वर्षअघि भएको उक्त संवादलाई ओलीले ।

बार्गेनिङको टूल बनाएको खुल्ने एक स्क्रीनसट पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत बाहिरिएको छ ।Dr Baba A’neal Che नामको युजर आइडी भएका एक व्यक्तिले ट्वीटरमा ओलीले आलेसँग बार्गेनिङ गरेको म्यासेजको स्क्रीन सट पोस्ट गरेका छन् ।उनले नेपाल प्रहरीलाई मेन्सन गर्दै  ।

भनेका छन्, ‘ ए @NepalPoliceHQ मन्त्री आलेको अडियो सार्वजनिक गर्ने मान्छेले यो सम्म गरेको रहेछ । स्रोतले यो स्क्रिन सट पठायो । लु अब तु का तु मान्छे झिकाउ । यसरी ब्ल्या कमेल गर्न पाइन्न । नेपालमा कानुन छ भन्ने देखाउ ।

त्यस्तै सार्वजनिक भएको अर्को स्क्रीन सटमा आलेले ओलीलाई पटक-पटक भिडियो कल गरेको देखिन्छ । जवाफमा ओलीले ‘केही थियो कि ‘ भनेका छन् । त्यसपछि ओलीले एकपटक ६ सेकेन्ड जवाफी कल गरेका छन् भने अर्को पटक २ मिनेट ४० सेकेन्ड कल गरेका छन् ।

प्रतिकृया दिनुहोस्