अहिले साउन महिना चलिरहेको छ।
साउन महिनामा भगवान शिवको विशेष कृपा प्राप्त गर्नको लागि भोलेनाथको पूजा-आराधना गरिन्छ साउनको सोमबार व्रत बस्दा कन्याले मनचाह वर प्राप्त गर्छन् भन्ने व् विश्वास रहेको छ। त्यस्तै, भगवान शिवको पूजा गर्नाले ।
स्वास्थ्य तथा आरोग्यको वरदान प्राप्त हुन्छ। साउन महिनामा व्रत बस्ने मानिसले केहि विशेष नियमको पालना गर्नुपर्छ। यस्तो अवस्थामा यदि तपाईं पनि साउनमा व्रत राख्न चाहनुहुन्छ भने यी नियमहरु पालना गर्नुहोस् ।
यदि तपाईं साउनको उपवास राख्दै हुनुहुन्छ भने बिहान उठेर नुहाउनुहोस् र नियम अनुसार पूजा गर्नुहोस्। धर्मशास्त्रका अनुसार भगवान शिवको पूजा गर्दा बेसार प्रयोग गर्नु हुँदैन। भगवान शिवको पूजामा भांग, धतुरो, बेलपत्र, सेतो फूल, मह, फलफूल आदि अर्पण गर्न सकिन्छ।
साउनको महिनामा मासु तथा मादक पदार्थको सेवन गर्नु हुँदैन। यदि तपाईं व्रत राख्न चाहनुहुन्छ भने भुलेर पनि यी चीजको सेवन गर्नु हुँदैन। यसो गर्नाले भगवान शिव रुष्ट हुन्छन्।
साउन महिनामा सात्विक भोजन मात्र सेवन गर्नुपर्छ। यस अवधिमा मुला, भान्टा, लसुन,प्याज जस्ता चीजको सेवन गर्नु हुँदैन।