बुधबार , जेठ ४, २०७९

काग्रेसले अर्को चुनाव पनि नराम्रोसँग हार्छ: रामचन्द्र पौडेल

फागुण ३, २०७८ मंगलबार 1005

नेपाली काग्रेसका वरिष्ठ ।

नेता रामचन्द्र पौडलले आगामी निर्वाचनमा गठबन्धन नभए नेपाली काग्रेसको हालत खराब हुने ठोकुवा गरेका छन्।अहिले काग्रेस सँग जम्मा ३० प्रतिशत मात्रै मत रहेको तथ्य स्मरण गराउँदै पौडलले बाँकी ७० प्रतिशत मत काग्रेस भन्दा।

बाहिर रहेको र उनीहरु मिल्दा फेरी पनि काग्रेस बढारिने संकेत गरेका छन्। चुनाव मा पनि र त्यस पछि पनि गठबन्धन गरेरै जानु पर्ने उनले बताएका छन्।देशको संविधान र संसदीय अभ्यासको आवश्यकताको रूपमा गठबन्धन रहेको ।

भन्दै पौडेलले यस बारे गलत व्याख्या नगर्न काग्रेस नेताहरुलाईनै स्मरण गराएका छन।पोखरामा आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा पौडेलले गठबन्धन आवश्यक छैन भन्नेहरूले संविधान पढ्न र संसद्मा प्राप्त हुने  ।

परिणामको आकलन गर्नसमेत आग्रह गरे।पाँचदलीय गठबन्धन बनाएकै कारण कांग्रेसले केन्द्रीय सरकारको नेतृत्व गर्न पाएको र प्रदेशहरूमा समेत नेतृत्व गर्न पाएको तथ्य ।

नबिर्सन उनले आग्रह गरे। राष्ट्रिय सभा निर्वाचनमा समेत आफ्नो पार्टीका तीन सिट खाली भएकामा ६ सिट जित्न गठबन्धनकै कारण सफल भएको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्