बुधबार , जेठ ४, २०७९

आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी नेपालकै नम्बर एक पार्टी बन्ने छ: झाँक्री

फागुण २, २०७८ सोमबार 371

नेकपा ।

(एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)अनुसार देशभर सात लाख संगठित सदस्यहरु बनाउने लक्ष्य राखेको छ।

अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा एक वडामा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने’ उल्लेख छ।जसअनुसार एकीकृत समाजवादीले देशका ६ हजार ७ सय ४३ वडाहरुमा ६ लाख ७४ हजार ३ सय संगठित सदस्य बनाउने ।

लक्ष्यअनुसार अभियान सञ्चालन गर्ने जनाएको छ।एमालेकै जस्तो ढाचा र अवधारणामा बनेको यो पार्टीले संगठित र पार्टी सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था विधानमा गरेको छ। जसअनुसार संगठित सदस्य पार्टीका सक्रिय कार्यकर्ता हुनेछन् भने पार्टी सदस्य समर्थक, मतदाता र सर्वसाधारण हुनेछन्।

अपानिमा दाबी गरिएअनुसार एकीकृत समाजवादीले देशभरी ६७ लाख ४३ हजार पार्टी सदस्य बनाउन अभियान सञ्चालन गर्ने छ।पार्टीले संगठित सदस्य र पार्टी सदस्य निर्माणका लागि ।

सबै जनसंगठनहरु, सबै पेशा र वयवसायका जनता माझ सदस्यता वितरण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति लिएको छ।

प्रतिकृया दिनुहोस्