अमेरिकी सहायक ।
विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा , एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई धम्कीपुर्ण फोन गरेको विषयमा नेकपा मोओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले ।
खरो प्रतिक्रिया दिएका छन् ।अमेरिकी सहायक विदेशमन्त्रीको फोन विदेशी हस्तक्षेपको नांगो रुप भएको भन्दै गुरुङले सार्वभौम नेपाली जनतालाई यो स्विकार्य नभएको बताएका छन् । विदेशी हस्तक्षेपको डटेर सामना गर्नु ।
पर्ने पनि उनले बताएका छन् । अमेरिका धम्कीकै तहमा उत्रिएको भन्दै उनले आपत्ती जनाएका छन् ।ओटिभी नेपाल डटकम सँग कुराकानी गर्दै गुरुङले अमेरिकी सहायक विदेशमन्त्रीको फोन अमेरिकी साम्राज्यवादको ।
एउटा नमुना भएको बताएका छन् । सम्राज्यवादीहरुको चरित्रनै यस्तो हुने भन्दै उनले यस्ता कुरालाई जनस्तरबाट भण्डाफोर गरिनु पर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्