बुधबार , जेठ ४, २०७९

एमसिसी विशुद्ध विकास परियोजना हो, विवाद गर्नु कुनै तुक छैन: महन्थ ठाकुर

फागुण २, २०७८ सोमबार 281

लोकतान्त्रिक समाजवादी  ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन्।जनकपुरमा सञ्चारक र्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएको भएको ।

कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए।उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको बताए।अध्यक्ष ठाकुरले एमसिसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको ।

अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए।अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउँदै पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताए।

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए। सेतोपाटी बाट

प्रतिकृया दिनुहोस्