Tuesday, November 29
Shadow

मंसिर 4 गते एमालेलाई कुचो लगाएर बडार्ने हो: गगन थापा

सत्तारूढ नेपाली ।

कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्।भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई अब हुने चुनावमा एमालेलाई हराउने बताए।

यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बडार्ने हो। बडार्दा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो,’ उनले भने।उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए।‘एमालेमा ।

फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घनश्याम भुसाल। बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’