बुधबार , जेठ ४, २०७९

अब तीन महिने तालिम नलिई बिहे गर्न नपाइने

फागुण १, २०७८ आइतबार 260

एजेन्सी ।

बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह, राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने कोर्ट म्यारिज हामीले देखिआएकै चलन हो । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ ।

यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ ।हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने ।

नियम सुरु हुँदैछ । मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री(वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

प्रतिकृया दिनुहोस्