बुधबार , जेठ ४, २०७९

MCC पास भए सबै युवा खाडी मुलुक जानु पर्दैन ,, गगन थापा

फागुण १, २०७८ आइतबार 1355

काठमाडौं ।

नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले विवादित परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसीका बारेमा खुलेर जवाफ दिएका छन् ।थापाले आफु एमसीसीको पक्षपाती भएको स्पष्ट पारेका छन् ।

ढाँटेर कुरा गर्न जरुरी नभएको भन्दै थापाले आफु एमसीसी पास हुनु पर्ने पक्षमा रहेको बताएका छन् ।एमसीसीको बारेमा गगन थापा प्रष्ट सँग नबोलेको भनेर चर्को आलोचना भइरहेको बेलामा थापाले यस विषयमा आफ्नो धारणा राखेका छन् ।

एक अनलाइन सँगको लामो अन्तर्वातामा थापा पहिलो पटक एमसीसी बारे खुलेर बोलेका छन् ।नेपाली काग्रेस पार्टी भित्र एमसीसी पास गर्नु पर्छ भन्ने पक्षमा एकमत रहेको स्मरण गराउँदै थापाले पार्टी एकमत रहको ।

विषयमा आफुले फरक मत नराखेको भन्दै यस बाटनै गगन थापा एमसीसीको पक्षमा भएको बुझ्नु पर्ने बताएका छन् ।कुराकानीको क्रममा काग्रेस महामन्त्री थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री ।

र कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला एमसीसी सम्बन्धी महत्वपुर्ण निर्णय मन्त्रीपरिषदबाट भएको भन्दै आफु पनि सो मन्त्रीपरिषदको एक सदस्य भएको पनि स्मरण गराएका छन् ।

प्रतिकृया दिनुहोस्