बुधबार , जेठ ४, २०७९

केपीलाई ठूलो धक्का : लालबाबु पण्डित ले राता रात पाटी फेर्दै : लेखे यस्तो हेर्नुहोस

फागुण १, २०७८ आइतबार 265

काठमाडौ ।

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् ।

मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले भने,’ त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।

एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए ।खास गरी उनले पार्टीको सचिव पदमा मागदाबी गरेका थिए ।तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधि कारीको सूचीमा पण्डितको नाम नपरेपछि ।

उनले केन्द्रीय सदस्य समेत त्यागेर संगठित सदस्यमात्रै रहने घोष णा गरेका हुन् । मोरङमा डा. शेखर कोइरालालाई चुनाव हराएका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् ।सामान्य प्रशासनमन्त्री हुँदा डीभी भर्ने कर्मचारीमाथि ।

कडारुपमा प्रस्तुत भएका पण्डित एमालेका लोकप्रिय नेतामध्ये एक मानिन्छन् ।यसैगरी नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति ३०१ जना केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्दै गर्दा मोरङका घरानियाँ उद्योगी मोती दुगडको नाम छुटाएनन् ।

तर, मोरङ क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका पुराना एवं त्यागी कम्युनिस्ट घनश्याम खतिवडालाई भने ओलीले केन्द्रीय सदस्य बनाउन उपयुक्त ठानेनन् । केपी ओलीलाई बेलाबखत आर्थिक सहायता समेत गर्दै ।

आएका चन्दा दाता व्यापारी कम्युनिष्ट पार्टीको सदस्य बन्दै गर्दा घनश्याम खतिवडालाई छुटाइनुले कतिपयले पार्टीभित्र दलाल पुँजीवाद हावी भएको अर्थमा व्याख्या गरेका छन् ।

प्रतिकृया दिनुहोस्