बुधबार , जेठ ४, २०७९

प्रधानमन्त्री देउवा एमसीसीका लागि किन मरिहत्ते गर्दै छन् ?

फागुण १, २०७८ आइतबार 322

काठमाडौँ ।

अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड अमेरिकी डलर सहायतासम्बन्धी सम्झौता एमसीसीको पक्ष र विपक्षमा अहिले देशको राजनीतिक माहोल तातेको छ ।

यसका पक्षधरहरु यो सम्झौता देशको दूरगामी हितमा रहेको तर्क गर्छन् भने आलोचकहरु राष्ट्रियतामा आघात पर्ने बताउँछन् । यही विषयलाई लिएर सिंगो देशभरको जनमत विभाजित छ । सत्ता गठबन्धनभित्रै मारामार छ ।

प्रमुख प्रतिपक्षी एवं संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेभित्र पनि पक्ष र विपक्षमा चर्को विवाद छ ।सिंगो देश र धेरैजसो पार्टीहरु एमसीसीलाई लिएर विभाजित भइरहँदा कांग्रेसमा भने आश्चर्यजनक एक मत देखिएको छ ।

सके राष्ट्रिय सहमतिमा, नभए संसदको मत विभाजन प्रक्रियाबाट भए पनि एमसीसी अनुमोदन गर्नैपर्ने अडानमा कांग्रेस देखिएको छ एमसीसी मुख्यालयले ताकेता गरिरहेका बेला बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि  ।

सम्झौताबारे गम्भीर छलफल भयो । बैठकको निष्कर्ष छ( सम्झौता राष्ट्र हितमा छ,त्यसैले संसद्‍बाट अनुमोदन गरिनुपर्छ । प्रतिनि धिसभाको आगामी बैठकमा नै एमसीसीलाई प्रवेश गराउने सत्तारूढ दल कांग्रेस एवं प्रधानमन्त्री शेरबहादुर ।

देउवाको जोडबल छ।३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनपछि बिहीबार बसेको समितिको पहिलो बैठकमा एमसीसी सम्झौता र स्थानीय तह निर्वाचनसहित ९ वटा एजेन्डा रहे पनि एमसीसीमै छलफल केन्द्रित भयो ।

प्रतिकृया दिनुहोस्