बुधबार , जेठ ४, २०७९

श्रीमानलाई देखाउनकै लागि भएपनि अर्को बिहे गर्न चाहन्छु म, कोही केटा छन् भने सम्पर्क गर्नुहोस्

फागुण १, २०७८ आइतबार 373

श्रीमानलाई देखाउनकै लागि ।

भएपनि अर्को बिहे गर्न चाहन्छु म कोही केटा छन् रु भने सम्पर्क गर्नुहोस् ।म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो ।हामी दुई श्रीमान् श्रीमती हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो ।

हाम्रो भागमा तीन कोठा लाग्यो ।हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो ।घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो । एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो,।

अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेरा श्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो ।एक दिन मैले झर्को मान्दै भने हामीलाई के काम इजरायलको गफ ।

न जाने गाउँको बाटै नसोध्नू ।किन र तिमी पनि जाऊ न इजरायल १ अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ ।

किन नजाने गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने । सधैँ यही तीन कोठामा जिन्दगी बिताउने । भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न १ श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो ।

प्रतिकृया दिनुहोस्