बुधबार , जेठ ४, २०७९

भरतपुरबासीको अपिल : मेयरमा फेरि पनि रेनु दाहाल दोहोरिनुपर्छ

माघ २९, २०७८ शनिबार 445

भरतपुर: सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनताले आफ्ना जनप्रतिनिधिबारे चासो बढाएका छन्।

सरकारले निर्वाचनको मिति तोकेपछि आम मतदाताले आफ्नो स्थानीय तहमा को उम्मेद्वार बन्ला भन्ने चासो मात्र राखेका छैनन्, अबको उम्मेद्वारबारे आफ्नो अभिमतसमेत राख्न थालेका छन्।

आगामी वैशाख ३० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा देशभरिबाट झण्डै २९ हजार जनप्रतिनिधिका लागि लाखौं उम्मेद्वारले प्रतिस्पर्धा गर्दैछन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले ।

निर्वाचनको घोषणा गरेपछि दलहरूसमेत निर्वाचनको आन्तरिक तयारीमा लागेका छन्।निर्वाचनको घोषणासँगै दलहरू निर्वाचन केन्द्रित कार्यक्रमको तयारीमा जुटेका छन् भने मतदाताहरू आफ्नो स्थानीय तहमा को–को उम्मेद्वार बन्लान् भन्ने ।

चासो व्यक्त गर्न थालेका छन्। मतदाताले अघिल्लो कार्यकालमा कुन जनप्रतिनिधिले कस्तो काम गरे भन्ने हिसाबकिताबसमेत गर्न थालेका छन्।अधिकांश जनप्रतिनिधिले आफ्नो कबोल र चुनावी प्रतिवद्धताअनुरूप काम गर्न नसकेको मतदाताको गुनासो छ।

तर, भरतपुरको माहौल भने त्यसभन्दा पृथक देखिएको छ।स्थानीय तहका निर्वाचनमध्ये देशका महानगरबारे चर्चा हुनु स्वाभाविक छ। देशका ६ वटा महानगरमध्ये साँढे चार वर्षको अवधिमा कुन महानगरले के प्रगति ग¥यो ?।

यो प्रश्न आम देशबासीको साझा प्रश्न बन्ने गरेको छ। देशको समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्ने महानगरहरूको विकासको स्थिति हेर्दा भरतपुरबाहेक कुनै पनि महानगरले प्रभावकारी भूमिका खेल्न सकेका छैनन्।

प्रतिकृया दिनुहोस्