बुधबार , जेठ ४, २०७९

गिता छोएर भन्छु आजबाट राजसंस्था पुनःस्थापना र हिन्दु रास्ट्र को नारा सधै को लागि छाडे : कमल थापा

माघ २८, २०७८ शुक्रबार 313

पूर्व उपप्रधानमन्त्री ।

कमल थापाले राप्रपा त्यागेका छन् । उनले गृह जिल्ला मकवानपुर आएर हेटौँडा–१० स्थित प्रकाश होटलमा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग।

भएको घोषणा गरेका पूर्वअध्यक्ष कमल थापाले अब सक्रिय रुपमा राजतन्त्रको एजेण्डा बोकेर हिँड्न नसक्ने बताएका छन् ।मंगलबार गृह नगर हेटौंडा पुगेर थापाले आफूनिकट नेताहरुसँगको अन्तक्रियामा अब सक्रिय रुपमा।

राजतन्त्रको एजेण्डा बोक्न नसकिने बताएका हुन् ।उनले भने, ‘अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं । राजाले नै मलाई अझै १० वर्ष सक्रिय राजनीति गर्नुपर्छ भनेका कारण मैले उम्मेदवारी दिएको थिएँ । उहाँले रेस्ट गर भन्नु भएको भए ।

म उठ्दैन थिएँ । मलाई हराएर उहाँले के पाउनुभयो मलाई थाहा छैन ।’पार्टीबाट अलग हुने घोषणा गर्नु पूर्व थापाले पार्टीका कार्यकर्ताहरुसँग पनि भेटघाट गरेका थिए । थापाले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ।

विगतदेखि राप्रपाले उडाउँदै आएको राजतन्त्रको एजेण्डाका तर्कहरू कमजोर भएको बताएका छन् । उनले पार्टीको आन्तरिक विषयमा राजा, राजाको सचिवालय र निर्मल निवासबाट भएको हस्तक्षेपले राप्रपाले उठाएको राजतन्त्रको एजेण्डाको नैतिक धरातल नै कमजोर भएको बताए ।

प्रतिकृया दिनुहोस्