अध्यक्ष उपेन्द्र यादव ।
र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी ९जसपा० फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्षपार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ ।
अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको,त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षीय एक नेताले बताए । ‘सकेसम्म ५१ प्रतिशत पुर्याएर जसपा कब्जा गर्ने हो,’ ती नेताले भने, ।
‘त्यो नभए अर्को पार्टी गठन हुन्छ ।’ती नेताले पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग एकताको प्रयास हुने पनि जानकारी दिए । ‘भट्टराईजी र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने ।
जसपामा दुई पक्षबीच पहिलेदेखि नै तिक्तता रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ का हेमराज राई पराजित भएपछि भट्टराई पक्ष झन् ैचिढिएको भएको हो । राईलाई यादव पक्षले मत नदिएको भट्टराई पक्षको दाबी छ ।
प्रतिकृया दिनुहोस्