बुधबार , जेठ ४, २०७९

‘एमसीसी फिर्ता गयो भने मुलुक ६ महिनाभित्रै सोमालिया बन्छ’- नेता झा

माघ २७, २०७८ बिहिबार 656

काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले संसद्बाट एमसीसी अनुमोदन नगरे ६ महिनामित्र मुलुक सोमालिया बन्ने दाबी गरेका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा कुरा गर्दै नेता झाले भने, “एमसीसी विशुद्ध रुपमा अमेरिकी विकास अनुदान हो । नेपालसँग स्रोत छैन ।

कुनै न कुनै देशको सहयोग लिनैपर्छ । यसलाई देश विकासका निम्ति उपयोग गर्नुपर्छ । तर त्यसलाई कम्युनिस्टका खोल ओडेका खाओवादीले झूटो कुरा गरेर जनतामा बदनाम गरिरहेका छन् ।मुलुकले अन्तर्राष्ट्रिय जगत्मा सहमति गरेर ।

आएको एमसीसी एक दिन पनि ढिला नगरी पारित गर्नुपर्नेमा उनको जोड छ । झाले थपे, एमसीसी पास गर्नैपर्छ । एमसीसी फिर्ता गयो भने मुलुक ६ महिनाभित्रै सोमालिया, भेनेजुयला, अफगानिस्तान, श्रीलंका बन्छ । जनताको हितभन्दा ठूलो केही पनि हुन सक्दैन । विश्वमा हराइसकेको कम्युनिस्टको ।

अवशेष अब नेपालमा पनि अन्त्य हुनुआवश्यक छ ।” प्रचण्ड र माधव नेपालले अब धेरै ढोंग गर्न नसक्ने लोसपा नेता झाको जिकिर छ । उनले भने, “प्रचण्ड र माधव नेपालले सार्वजनिक रुपमा आजको ।

दिनसम्म एमसीसी पारित गर्नुहुँदैन भनेर बोलेको मैले सुनेको छैन । उनीहरुका नेताकार्यकर्ताले यसबारे भ्रम फैलाइरहेका छन् । उनीहरु कहाँ कहाँबाट परिचालित छन् ?

प्रतिकृया दिनुहोस्