बुधबार , जेठ ४, २०७९

कुहिएर सिनो भैसकेको राजतन्त्रको एजेन्डा बोकेर भबिष्य छैन, त्यसैले छोडिदिएँ: कमल थापा

माघ २७, २०७८ बिहिबार 361

काठमाडौ।

राप्रपा परित्याग गरेका कमल थापाले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न नसक्ने घोषणा गरेका छन्।मंगलबार गृह नगर हेटौंडा आएर थापाले आफू निकटसँग अन्तक्रिया गर्दै भने,‘गत निर्वाचनमा प्रतिद्वन्द्वीहरुले भन्ने गरेका थिए।

कमल दाई एकदम ठीक छ। तर, सिनो बोकेर आउनुभएको छ। कसरी मतदान गर्ने? अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं।’लामो समयदेखि राजा र हिन्दु धर्मको विषयलाई मूल मुद्दा बनाएर राजनीति गरिरहेका ।

थापा नयाँ दल गठनको बाटोमा अघि बढेका छन्।थापाले आफ्नो पूर्वपार्टीमा राजाको सक्रिय हस्तक्षेपकै कारण अध्यक्षमा पराजित भएको दोहोर्‍याए।मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित।

भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको सार्वजनिक समारोहमा बताइरहेका छन्।

प्रतिकृया दिनुहोस्