काठमाडौ। एमसीसी रोकिएमा नेपालमा बेरोजगारी बढ्ने भन्दै पूर्ब अर्थमन्त्री युवराज खतिवडाले एमसीसीको पक्षमा वकालत गरेका छन।उनले एमसीसी पूर्ण रुपमा नेपालको हितमा रहेकाले एमसीसी पास गर्नुपर्ने एक टेलिभिजन अन्तरवार्तामा बताएका छन्।
एमसीसी पूर्ण रुपमा राष्ट्रहितमा रहेकाले नेपालमा रोजगारी सिंजना हुने भएकाले पास गर्ने उनले बताए।नेपालमा पूर्वाधारको क्षेत्रमा काम गर्नका लागी एमसीसी अमेरिकाको निस्वार्थ अनुदान दिएकाले एमसीसी पास गर्न सबैले हातेमालो गर्नुपर्ने उनले बताए।
एमसीसी रोकिएमा देशको पूर्बाधार र जलस्रोतको उपयोग हुदैन फलस्वरुप नेपालमा बेरोजगारीको सिर्जना हुने उनले बताएका छन्। त्यसकारण दायाँ बायाँ नसोची ढुक्क भएर एमसीसी पास गर्न उनले अनुरोध गरे।
खतिवडाले भने, ‘म लामो समय अमेरिका बसेपछि एमसीसीको बारेमा गहन रुपमा बुझने मौका मिल्यो। म पनि पहिलो यो स्वार्थ मिसिएको अनुदान हो भन्ने ठान्थे। तर यसको बारेमा वृस्तृत अध्ययन अनुसन्धापछि यसको ।
बारेमा बुझेर र नेपालमा पास हुने तयारीमा रहेकाले आफुले पनि पास गर्नका लागी आफ्नो तर्फबाट हुन सक्ने सबै सहयोग गर्न तत्पर रहेको उनले बताएका छन्।’
प्रतिकृया दिनुहोस्