झाँक्री र माधब नेपालबीच बोलचाल बन्द !

News

आफूले मन्त्री ।

 

हुँदा गरेका सबै राम्रा निर्णयहरु उल्ट्याउन लगाएको भन्दै नेकपा एकीकृत समाजवादी (एस)की नेतृ रामकुमारी झाँक्री आफ्नो पार्टी अध्यक्ष माधव नेपालसँग रुष्ट भएकी छन् । झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग एक महिनादेखि कुनै पनि संवाद नभएको बताएकी छन् ।

बुधबार प्राइभ टिभीमा उनले माधव नेपालसँग सम्वन्ध चिस्सिएको स्वीकार गरेकी हुन् । मन्त्रीबाट हटाएपछि नेपाल झाँक्री र माधव नेपालबीच बोलचाल बन्द रहेको छ । त्यसपछि आफू माधव नेपाललाई भेटन् नगएको उनले स्वीकार गरिन् ।

माधव नेपालले पनि नबोलाएको र काम पनि नपरेकाले मात्रै भेट्न नगएको तर्क गर्दै झाँक्रीले आफूले मन्त्री हुँदा गरेका निर्णयहरु हालका आफ्नो पार्टीबाट मन्त्री भएका मेटमणि चौधरीमार्फत उल्ट्याउन माधव नेपालले लगाएको खुलासा गरिन् ।

स्वयम माधव नेपालले पनि सार्वजनिक कार्यक्रममा मन्त्रीको जिम्मेवारीबाट हटाउँदैमा झाँक्रीले बोलचाल बन्द गरेको गुनासो गरेका थिए ।

मन्त्रीबाट हटाउने निर्णय पार्टीको भएकाले माधव नेपालप्रति आफ्नो असन्तुष्टि भएर बोलचाल बन्द गरेको कुरा सत्य नभएको झाँक्रीको तर्क छ । उनले माधव नेपालका कतिपय कार्यशैलीप्रति असन्तुष्टि रहेको बताउँदै त्यस्तो असन्तुष्टि हिजो केपी ओली हुँदा पनि रहेको बताइन् ।

मन्त्री बदलीमा कुनै गुनासो नरहेको र चुनाव घोषणापछि आआफ्नो काममा खटिने पनि उनले बताइन् ।साथै, झाँक्रीले आफूलाई पार्टीले टिकट नदिए पनि र सत्ता गठवन्धनको साझा उम्मेदवार नभए पनि गुम्मी २ बाट आफू प्रत्यक्ष उम्मेदवारी दिने बताइन् । उनले काठमाडौं महानगरपालिकाका ।

मेयर बालेन शाहले राम्रो काम गर्ने प्रयास गरिरहेकोले अहिले नै काम गर्न सकेनन् भनेर हतोत्साहित गर्न नहुने बताइन् । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग एक महिनादेखि कुनै पनि संवाद नभएको बताएकी छन् ।

प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, “माधव नेपालले बोलाउनुभएको छैन । काम पनि परेको छैन । म पार्टी सचिव भए पनि खासै जिम्मेवारी छैन ।

मन्त्री पनि छैन, रिपोर्टिङ गर्नु पनि परेको छैन । तर, पार्टी अध्यक्ष लाई नमान्ने भन्ने कुरा छैन । जुन प्रश्न हामीले ओली सरलाई गरेर आयौं, त्यो माधव नेपाल वा म आफैंलाई पनि हुन्छ ।

आफू तत्काल एमालेमा प्रवेश गर्ने सम्भावना नभएको पनि झाँक्रीले बताए । उनले भनिन्, “एकीकृत समाजवादी हामीले बल्ल बल्ल बनाएको पार्टी हो ।

यसलाई कम्युनिस्ट आन्दोलनको मूलप्रवाह बनाउने सपना देखेका छौं ।हामीले टाढाको बाटो पहिल्याएको हो । व्यक्तिगत रुपले म एमालेमा जाने तयारीमा छैन

Leave a Reply

Your email address will not be published.