साथीको त्यो आग्रह मान्दा, साथीको मृत्यु पूजलको यस्तो हालत (भिडियो)

काठमाण्डौ – आज भन्दा ९ महिना पहिला पुजल ठकुरीको जिवन अर्कै थियो । उनी काठमाडौंको कमल पोखरी स्थित ट्रडिस्नल कन्फर्टमा काम गर्थे ।

उमेरले १७ वर्षका पुजल १२ वर्षमा पढ्दै थिए । जिवनमा राम्रो काम गर्ने, पैसा कमाउने योजना थियो । १२ कक्षामा पढ्दै गर्दा पनि उनले काम गर्न थालेका थिए ।

सबैसंग मिल्ने, हाँसेर बोल्ने उनी सबैको प्यारा थिए । साथी भाईले पनि निकै माया गर्थे । तर ६ महिना अघि साथीको जन्मदिन मनाउन भन्दै ।

साथीको घर गएका पुजलको जिवनमा नसोचेको घटना भयो । उनी साथीको घरमा जन्मदिन मनाए । साथीभाईसंगको जमघट निकै रमाइलो भयो ।

जन्मदिनको पार्टी मनाएर उनी घर फर्कन थाले । जसको जन्मदिन थियो उनै साथीले यो रातिको समयमा एक्लै नजानु म मोटरसाइकलमा लैजान्छु भने ।साथीको आग्रह मानेर उनी पनि मोटरसाइकलमा संगै घर फर्कन्छन् ।

तर विच बाटोमा आइपुग्दा साथीले चलाएको मोटरसाइकल दुर्घटना हुन्छ । जसको जन्मदिन थियो ति साथीको घटना स्थलमै निधन हुन्छ ।

जन्मदिन नै साथीको लागि मरण दिन बन्यो । तर सुजल भने जिवनभरका लागि यस्तो पीडा लिएर बाँचे । साथीको निधन भयो भने पुजल वेहोस अवस्थामा हुन्छन् ।

प्रतिकृया दिनुहोस्