Tuesday, November 29
Shadow

भारतले ढोका नखोलेपछि तटबन्ध फुटेर कोसीको पानी बस्तीमा, नेपालीको उठिबास

लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालि का-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ। तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिस हरू सुरक्षित स्थानतिर लागेका छन्।

स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहरूलाई सुरक्षाक र्मीहरूले उद्धार गरिरहेका छन्।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ९ सय घरधुरीमा बाढी पसेको छ।

ती घरका मानिसहरू स्थानान्तरण गरिएको छ। उनीहरूमध्ये केहीलाई विद्यालय, केहीलाई सामुदायिक भवनमा राखिएको छ। कोही भने आफन्तका घरमा गएका छन्। बेलकाका मेयर अशोक कार्कीका अनुसार पुरानो टप्पु क्षेत्र सबै प्रभावित हुने ।

देखिएको छ।‘सबै बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने हुन्छ। अहिले भाटेपुल, दुर्गामन्दिर, एबिसी, रामनगरका सबै बस्ती उठाउनुपर्ने छ,’ उनले भने,‘ पहिले कोसी हिँडेको दुर्गामन्दिर, एबिसीलगायत रामनगर, लालभित्तीका एकदम जोखिममा रहेका बस्ती उठाइसके का छौं।’

उनका अनुसार झन्डै २० हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको छ।‘बिहान ११ बजेसम्म ७ सय घरलाई सुरक्षित स्थानमा लगिसकेका छौं भने अझै १२ देखि १३ सय घर बाँकी छन्,’ मेयर कार्कीले भने,‘अहिलेलाई विस्थापितका लागि पानी, चिउरा र भुजियाको व्यवस्था गरेका छौं।

भोलि बिहानदेखि सबै कुराको व्यवस्था हुन्छ।’उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बुधबार बिहान करिब ४ बजेतिर तटबन्ध फुटेपछि सप्तकोसी नदी पुरानै धारमा फर्किएको बताए। २०४५ सालअघि सम्म कोसी यही बाटोमा बग्थ्यो।

सप्तकोसी पुरानै धारमा फर्किएपछि बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरी को केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले जानकारी दिए।