प्रदेश बाट साहेबज्युको प्रेमिल पत्र

साहेबज्युको प्रेमिल पत्र ।

प्रिय,खै ! सम्बोधनका लागि शब्द खोज्दै जाँदा यहि शब्द ठिक छ कि जस्तो लागेर प्रयोग गरिहाले, अफ्ठेरो नमान्नु ल मा

निसहरु चन्द्रमा सम्म पुगिसके अनि त्यो प्रविधिको जमानामा पत्र लेख्दै छु, देख्ने बितिक्कै (फेसबुक मेसेन्जरमा मन नपर्ने मान्छेको मेसेज आउने ।

बितिक्कै बेवास्ता गरेको जस्तो गरि) यसलाई पनि कतैको रद्दीको टोकरीमा शोभायमान नगराइदिनु है ।

के गर्नु देख्न त तिम्रो नामको आगडि फेसबुकमा हरियो बत्ति बलेको देख्छु अनि लाग्छ त्यो हरियो बत्ति अनुमति हो मेरो कुरा तिमीलाई भन्नको लागि भनेर ।

तर म फेरी सम्झिन्छु कि यो त मेरो लागि मात्रै राखिएको काँहा हो र, तिम्रो बारेमा त्यसरी सोच्ने अनगिन्ति मेरा प्रतियोगीको भिडमै मलाई उभिन मन नभएर, थोरै पुरातनवादी बनेको छु अनि सबैले बिर्सेको कुरालाइ फेरी प्रयोग गर्दै छु  ।

शिशिर ऋतु चलिराखेको छ, पतझडको मौसम छ अनि चिसो सिरेटोले पातहरु उडाएर उजाड भएका रुखहरु पनि खै किन हो बेजोडको आकृति हो झैँ लाग्छ ।

चिसो सिरेटोको लहर चल्दाखेरी, मेरा वरीपरिका सबै जना चिसोको कारणले दांत किट्किटाइरहंदा पनि मलाइ वसन्तको महिनामा सिरी-सिरी हावा चलेर शितल भएको अनुभूति हुन्छ ।

धेरै बोल्ने मान्छे म अचेल धेरै शान्त भाको छु अरे , धेरै नै जिस्किरहने मान्छे म अचेल गम्भीर भाको छु अरे , कसैको वास्ता नगर्ने म अचेल सबैको निधिखोजी गर्ने भाको छु अरे ।

अस्ति एकजना निकै पाका दाइले भने “हेर भाइ व्यवहारमा परिवर्तन हुनु भनेको मनमा नै परिवर्तन हुनु हो अनि मनमा परिवर्तन आउनलाई , मनै देखि जोडिएको मान्छेको प्रभाव हुनपर्छ ” ।

अनि गम्न थाले यतिका बर्ष सम्म केहि कहिँ गुनासो नगर्ने ति दाइ अनि मेरा बारेमा अनेक जानकारी दिने मेरा साथीहरुले यस्तो भन्नुको पछाडी के कारण छ ?।

मलाइ अरुको कुराहरु सुनीराख्न मन लाग्दैन तर तिम्रो कुरा बिना कुनै अवरोध सुनी राखौ जस्तो हुन्छ ।

मलाई धेरै बेर सम्म बोलिराख्न मन लाग्दैन तर तिमीसंग बोल्दै गर्दा खेरि बोलिमा बिट मार्नै मन लाग्दैन ।

अरुले के गरे, के गरेनन मलाइ कुनै चासो नै हुदैन तर तिमि के गर्दै छौ अनि कस्तो महसुस गर्दैछौ भन्ने चासो हरदम रहिरहन्छ मलाइ आफ्नो अरुसंगको सम्बन्धको कुनै सरोकार छैन।

तर तिम्रो अरु संगको सम्बन्धको निकै चिन्ता र चासो हुन्छ चलचित्रमा भने जस्तै अनि किताबहरुमा लेखे जस्तै भोक नलाग्ने, निन्द्रा नलाग्ने अनि केहि गर्न ।

मन नलाग्ने त हुदैन मलाइ तर हरेक प्रहर अनि हरेक क्रियाकलाप अगाडी पहिला तिम्रो याद आन्तस्करण बाट प्रवाहित हुन्छ ।

मलाइ आफ्नै हाँसोको कुनै अर्थ लाग्दैन तर तिम्रो हाँसोले मेरो दिननै मिठासपुर्ण बनिदिन्छ अरुको प्रशंशाको पुलिन्दा पनि एकदम फिक्का लाग्छ ।

तर तिम्रो प्रशंशाको एउटा शब्द पनि मेरो जीवनको क्यान भासमा सबैभन्दा चम्किलो रंगले भरिपुर्ण लाग्छ । म भन्दिन तिम्रा लागी म ज्यान पनि दिन्छु, तर तिम्रो लागि ज्यानले सक्ने जति सबै गर्नेछु ।

म भन्दिन तिम्रो लागि संसार जित्छु तर तिम्रो एक हासोको लागि पुरै संसार नै बैरी भए पनि म तिम्रो पक्षमा सदैब टिक्छु | म भन्दिन तिम्रो लागि आकाशको तारा झार्दिन्छु तर तिम्रो आँखामा बिनाकारण आँशु झर्न दिनेछैन ।

तिम्रो बोलीमा जादु छ भन्दिन तर घन्टौ सम्म पनि तिम्रो कुरा सुनिरहनेछु | यति धेरै प्रेम मन भित्र साँचेको छु नि यदि तिमीले नाइँ भन्छौ भने पनि तिमीलाई नराम्रो सोच्न सक्दिन, ।

कैयौ घटना सुनिए जस्तै तिमीलाई कुनै तनाव नै दिनसक्दिन |जिन्दगि व्यवहारिकतामा चलेको छ त्यसकारण असफलता हात परे पनि कैयौ असफलतामा रोजिएका नतिजा (जसले तिमीलाई चोट पुगोस) म रोज्ने छैन ।

अनि त्यसले तिमीलाई जीवनमा कहिले पनि घोच्ने छैन सा रा संसार प्रेममय भएको यो बेला, प्रेम अनि समर्पणको उदाहरण को चर्चा चलेको यो बेला, लेखेर तिम्रै सुन्दर नाम यो मेरो हातमा, प्रश्न छ मेरो तिमीलाई मेरो एउटै ” के बन्नेछौ मेरै प्रियतमा ?”।

यो संसारमा जे जे उदाहरण छन्,जे जे कुराका प्रमाण छन् प्रेममा एउटा प्रेमीले प्रेमिकालाई दिने तिनै चिज दिन्छु भनेर कसम त खादिन तर मेरो समर्पण सिर्फ र सिर्फ तिम्रै लागि दिनेछु, अनि मेरो पुरै प्रेमको परिमाण तिम्रै, केवल तिम्रै लागि मात्रै दिनेछु ।

प्रतिक्रिया सकारात्मक आयो भने पुरै जीवन रोमाञ्चित भएर बिताइदिनेछु अनि नकारात्मक आयो भने पनि तिम्रै यादले रोमाञ्चित भएर बिताइदिनेछु ।

तिम्रो नाइँमा पनि प्रेमका नाममा चोट दिएर होइन बरु चोट नदिने वाचा गरेर मेरो तिमि प्रतिको प्रेम उजागर गर्नेछु बिना कुनै स्वार्थ तिम्रो प्रेममा म डुबेको छु अनि यहि चरित्रमा पुरै जीवन बिताइदिनेछु  ।

उही तिम्रो प्रेममा चुर्लुम्म डुबेको प्रेमी ।

प्रेमिल साहेबज्यु ( लेखक रामु ठाकुर हाल युएइ )

प्रतिकृया दिनुहोस्