बुधबार , जेठ ४, २०७९

ठोकुवा गरेर भन्छु एमसीसी पास गरे देशको कायापलट हुन्छ, देश धेरै माथि पुग्छ: रामचन्द्र पौडेल

माघ २५, २०७८ मंगलबार 427

नेकपा (माओवादी केन्द्र) ।

का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लामो समयसम्मको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउन सहमत भएका थिए ।प्रधानमन्त्रीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेका हुन् ।

यसबीचमा संयोजक पौडेलले देश असफलतातर्फ उन्मुख भएको र वर्तमान नेतृत्व पुस्ता असफल भएको भन्दै १६ बुँदे प्रस्ताव पेस गरेका थिए ।उनको प्रस्तावमा संसद् र अदालतको अवरोध हटाउन नसक्नु र ठूला परियोजना कार्यान्वयनमा रहेका ।

अवरोध हटाउन नसक्नु वर्तमान राजनीतिक नेतृत्वको मुख्य कम जोरी भएको उल्लेख थियो ।पौडेलले सोही प्रस्ताव पेस गर्ने क्रममा प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालहरूले एमसीसीविरुद्ध ।

जनस्तरमा विचार निर्माण गरेको भन्दै आफूलाई एमसीसी राष्ट्रघाती छ भनेर ‘कन्भिन्स’ गर्न अन्यथा कार्यान्वयनका लागि तयार रहन आग्रह गरेका थिए ।त्यसलगत्तै एमसीसीमा रहेका राष्ट्रहितविरुद्धका प्रावधान भए औँल्याउन र प्रतिवेदन पेस गर्न तीन सदस्यीय कार्य दल बनेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत राखेर झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सम्मिलित कार्यदल बनाइए पनि अहिलेसम्म प्रतिवेदन बुझाइएको छैन । प्रतिवेदन नदिइएपछि प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरूलाई एमसीसी अनुमो दनका लागि प्रस्ताव गरेका छन् ।

त्यो प्रस्तावपछि गठबन्धनमा ‘खैलाबैला’ नै मच्चिएको छ । एमसी सीमा असहमति जनाउँदै प्रचण्डले त्यसविरुद्ध माहोल बनाउने प्रयास गरेका छन् ।

तर, उनको प्रयासले सार्थकता पाउन सकेको छैन । पौडेललाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेका प्रचण्ड आफ्नो प्रयासमा सफल हुन सकेनन् । “प्रचण्डजीको पनि फोन आएको थियो ।

प्रतिकृया दिनुहोस्