Sunday, March 26
Shadow

कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छः, हामी देश कै पहिलो हुने तयारीमा छौं :माधव नेपाल

नेकपा एकीकृत ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने बताएका छन् ।शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने  ।

 

भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।‘चुनावको मिति कुनैपनि बेला घोषणा हुनसक्छ’, अध्यक्ष नेपालले भने, ‘अब त्यो तयारीमा जुट्नुस्, कार्यकर्ताको विन्यास गर्नुस्, जिम्मा दिएर पठाउनुस्, घरघरमा जाने ।

काम भएको छ कि छैन अहिलेदेखि नै स्वयंसेवक पनि खटाउनुस् ।’उनले निर्वाचन मिति घोषणा हुने भएकाले नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिए ।

उनले देशव्यापी उम्मेदवार दिएर गए आफ्नो पार्टीले अबको चुनावमा सबै ठाउँमा जित्न नसकेपनि प्रतिनिधिसभामा २०,२५ सिट जित्न कसैले रोक्न नसक्ने बताए । उनले अबको चुनावमा चारवटा मतपत्र हुने समेत उनले बताए ।अहिले एमालेलाई धेरै प्रहार गर्न हुँदैन ।

माधवकुमार नेपालले नेकपा एमालेलाई प्रहार गर्न नहुने बताएका छन् ।बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताए ।